२०८३ साउन ९ शनिबार

कुमारी बैंकको नाफामा उल्लेखनीय वृद्धि, एक वर्षमै २ अर्ब ११ करोड कमाइ

ई आर्थिक    बिहिबार, साउन २२ २०८२
5K
Shares
कुमारी बैंकको नाफामा उल्लेखनीय वृद्धि, एक वर्षमै २ अर्ब ११ करोड कमाइ

ई-आर्थिक, काठमाडौं ।   कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ शुद्ध नाफा कमाएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको unaudited वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिमा मात्र ४६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष झण्डै ४५ गुणा वृद्धि गर्न सफल भएको हो।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँमा यथावत् रहेको छ भने जगेडा कोष ०.६२ प्रतिशतले घटेर १३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ। संचित नोक्सानीमा भने उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ५ अर्ब ३७ करोड रुपैयाँ रहेको संचित नोक्सानी चालु वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ।

यस अवधिमा बैंकको ग्राहक निक्षेप ९.४६ प्रतिशतले वृद्धि भई ३ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। तर, कर्जा प्रवाह २.७९ प्रतिशतले घट्दै २ खर्ब ६० अर्ब रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको तुलनामा कर्जाको गुणस्तरमा केही गिरावट आएको छ। गैर-संवेदनशील कर्जा (एनपीएल) अनुपात ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशतमा पुगेको छ।

साफ ब्याज आम्दानी ६.९५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यता, ऋण नोक्सानी व्यवस्थापन खर्च (impairment charges) ५९ प्रतिशतभन्दा बढीले घटेर २ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा पनि ५२९ प्रतिशतले वृद्धि भई ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

बैंकको पूँजी पर्याप्तता अनुपात ११.४२ प्रतिशतबाट बढेर १२.९८ प्रतिशतमा पुगेको छ। कोषको लागत (Cost of Fund) २९.६७ प्रतिशतले घट्दै ६.७४ प्रतिशतबाट ४.७४ प्रतिशतमा झरेको छ।

बैंकको वार्षिक आम्दानी प्रति सेयर (EPS) ०.०२ रुपैयाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ ७.१४ प्रतिशतले बढ्दै १४२.१९ रुपैयाँ रहेको छ। सो अवधिमा बैंकको मूल्य–आर्जन अनुपात (P/E ratio) २७.२३ गुणा रहेको छ भने बजार मूल्य प्रतिकित्ता २१९.७७ रुपैयाँ रहेको छ।

बैंकले वित्तीय सूचकहरूमा देखिएको यो प्रगतिको निरन्तरता आगामी त्रैमासहरूमा पनि कायम रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij