२०८३ साउन ९ शनिबार

मन्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सेवा सार्वजनिक, ग्राहकलाई थप सुविधा पुग्ने

ई आर्थिक    बुधबार, साउन २१ २०८२
4.6K
Shares
मन्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सेवा सार्वजनिक, ग्राहकलाई थप सुविधा पुग्ने

ई-आर्थिक, काठमाडौं ।  मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुबिधालाई मध्येनज़र गर्दै भिडियो केवाईसी सेवा सार्वजनिक गरेको छ | डिजिटल  क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिंगको सुबिधाको साथै ग्राहकको समय बचत गराउने उधेश्यले  भिडियो केवाईसी समाधानको (Video KYC Solution) को सुरुवात गरेको  कम्पनीले जानकारी दियो ।

मन्जुश्री  नवप्रवर्तन तथा डिजिटल अनुकूलनको क्षेत्रमा अव्वल स्थानमा आफ्नो पहिचान बनाउदै गरेको फाइनान्स कम्पनी हो |  प्राविधिक ज्ञान भएका ग्राहक तथा बिदेशमा रहेका नेपालीहरुलाई मध्येनज़र गर्दै फाइनान्सले सो सुबिधाको सुरुवात गरेको हो | अब खाता अध्यावधिक गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि सो सुबिधाको सुरुवात भएको हो |

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८. ६ अर्ब कर्जा परिचालन गरेको यस] मन्जुश्री फाइनान्सले  निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ |

फाइनान्सले   हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ |

हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij