२०८३ साउन ११ सोमबार

सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

ई आर्थिक    आइतबार, साउन १८ २०८२
4.7K
Shares
सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा : मन्त्री दाहाल

ई-आर्थिक, काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन्।

आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको बताए।

नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालको भनाइ छ।

सडक सुरक्षालाई कानूनीरुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij