२०८३ साउन १० आइतबार

सीपमूलक तालिमबाट रोजगारी र आत्मनिर्भरता सुनिश्चित हुन्छ : मन्त्री खड्का

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
4.2K
Shares
सीपमूलक तालिमबाट रोजगारी र आत्मनिर्भरता सुनिश्चित हुन्छ : मन्त्री खड्का

ई-आर्थिक, संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सीपमूलक तालिममार्फत युवाहरूलाई रोजगारीमा जोडेर आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताएका छन्।

खाँदबारी नगरपालिका–१ मा आयोजित २० दिने ‘पावर हाउस सञ्चालन तथा मर्मतसम्भार तालिम’को उद्घाटन समारोहमा बोल्दै उनले जलविद्युत्का सम्भावनायुक्त योजनाहरूको सफल कार्यान्वयनका लागि सीपयुक्त स्थानीय जनशक्तिको विकास अपरिहार्य रहेको उल्लेख गरे।

मन्त्री खड्काले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित जलविद्युत् आयोजना निर्माणको चरणमा रहेकाले स्थानीय युवाहरूले तिनबाट प्रत्यक्ष फाइदा लिनुपर्नेमा जोड दिए।

“सीप विकास रोजगारीको आधारमात्र होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरता हासिल गर्ने मुख्य उपाय हो,” मन्त्री खड्काले भने।

उनले खाँदबारीमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जानकारी दिँदै, स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान र विद्युतीय मिस्त्री लगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिए।

खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले युवाहरूलाई सक्षम बनाउने यस्ता तालिमहरू आत्मनिर्भरता र आशा जगाउने माध्यम भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij