२०८३ साउन ११ सोमबार

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव, वार्षिक ५ लाख भुक्तानी

ई आर्थिक    मंगलबार, साउन १३ २०८२
3.8K
Shares
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव, वार्षिक ५ लाख भुक्तानी

ई-आर्थिक,  चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा ३, सौराहामा २ र देवनगरमा २ बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न ३० लाख रुपैयाँ हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक ५ किलोदेखि ७ किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ । सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक ५ लाख रुपैयाँ हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उनले बताए ।

सूचना अधिकारी थापामगरले भने, “गत आर्थिक वर्षमा बाघका लागि २२ लाख रुपैयाँ हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । १ महिनामा ७ बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासु खुवाउँदा मासिक २ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij