२०८३ साउन ११ सोमबार

भेरीनदीमा टिप्पर खस्दा यति विल्डर्सका कर्मचारीसहित तीन जना बेपत्ता

ई आर्थिक    बुधबार, साउन ७ २०८२
3.8K
Shares
भेरीनदीमा टिप्पर खस्दा यति विल्डर्सका कर्मचारीसहित तीन जना बेपत्ता

ई–आर्थिक, काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खसेको छ । मङ्गलबार बेलुका भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट भेरीनदिमा टिप्पर खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठुलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरु टिप्पर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय चालक मनिराम चौधरी, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन् । उहाँको पहिचान खुलेको छैन ।

उक्त टिप्पर सडकदेखि करिब दुई सय मिटर तल भेरी नदिमा खसेको प्रहरीको भनाइ रहेको छ । बेपत्ताको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij