२०८३ साउन १० आइतबार

भूमि विधेयक पास गर्ने एमालेको प्रस्तावले शंका उब्जायो, मन्त्रीमाथि छानबिन गर्न कोइरालाको माग

ई आर्थिक    बुधबार, साउन ७ २०८२
3.2K
Shares
भूमि विधेयक पास गर्ने एमालेको प्रस्तावले शंका उब्जायो, मन्त्रीमाथि छानबिन गर्न कोइरालाको माग

ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गर्ने एमालेको प्रस्तावले शंका उब्जाएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमालेको प्रस्तावले शंका उब्जाएको र मन्त्रीमाथि छानबिन गर्न पनि भनेका हुन् ।

उनले लेखेका छन्,’पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भईरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij