ई–आर्थिक, काठमाडौं । डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ ।
उक्त युवा फुटबल प्रतियोगितामा काष्ठमण्डपले यू–१४ र लुम्बिनीले यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय छ । काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । लुम्बिनीको प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हालेका छन् ।
युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा यसपालि ७० भन्दा बढी देशका १ हजार बढी युवा खेलाडीले भाग लिने जनाइएको छ ।
डाना कप सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगिता हो ।
