२०८३ साउन ११ सोमबार

गत आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

ई आर्थिक    बिहिबार, साउन १ २०८२
2K
Shares
गत आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

ई-आर्थिक, काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन  भएको छ ।

आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक  वर्ष २०८१/२०८२ मा संकलन गरिएको राजस्व २०८०/ २०८१ भन्दा ११.३३ प्रतिशत बढी हो । अधिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको तुलना गर्दा २०८१/२०८२मा  एक खर्ब २० अर्ब राजस्व बढेको देखिन्छ ।

आर्थिक वर्ष २०८१/०८२ मा अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएमा संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०८२/ २०८३मा  १३ खर्ब १५‍ अर्ब राजस्व  संकलनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij