२०८३ साउन १० आइतबार

अर्थ मन्त्रालयद्वारा ९५ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी

ई आर्थिक    बिहिबार, साउन १ २०८२
3.6K
Shares
अर्थ मन्त्रालयद्वारा ९५ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी

ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८२/२०८३ को बजेट कार्यान्वयन गर्न अर्थमन्त्रालयले मार्गदर्शन जारी गरेको छ  । अर्थ मन्त्रालयले  बजेट कार्यान्वयनका लागि ९५ बुँदे मार्गदर्शन जारी गरेको हो  ।

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन मार्गदर्शनमा अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/आयोजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च , रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता,जवाफदेहिता र अनुगमनसम्बन्धी व्यवस्था र अन्य व्यवस्था उपशिर्षक दिइएर निर्देशन जारी गरेको अर्थमन्त्रालयको मार्गदर्शनमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित सरकारी निकायका लागि राय सुझावसहितको मार्गदर्शन अर्थले जारी गरेको हो।

बजेट कार्यान्वयन गर्दा के कस्ता कुरामा ध्यान दिने, खर्चको कार्यतालिका, रकमान्तरलगायतका विषयमा आधारभूत अभ्यास तथा नियम उल्लेख गर्दै मन्त्रालयले मार्गदर्शन जारी गरेको हो।

यस्तो छ अर्थको बजेट कार्यान्वयन मार्गदर्शन 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij