२०८३ साउन ११ सोमबार

बीउ उत्पादन गरेबापत एक हजार २५३ किसानलाई १ करोड ४७ लाख प्रोत्साहन रकम वितरण

ई आर्थिक    बिहिबार, साउन १ २०८२
2.4K
Shares
बीउ उत्पादन गरेबापत एक हजार २५३ किसानलाई १ करोड ४७ लाख प्रोत्साहन रकम  वितरण

  ई-आर्थिक, चितवन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन्। कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत १ करोड ४७ लाख ८० हजार ३५० रूपैयाँ वितरण गरेको हो।

कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले १ हजार १ सय देखि १ लाख ४३ हजार रूपैयाँसम्म प्रोत्साहन रकम पाएका छन्। उनीहरुलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रहकम वितरण गरिएको हो।

उनले भने, ‘स्रोत बीउमा प्रतिहेक्टर २० हजार रूपैयाँ र उन्नत बीउमा प्रतिहेक्टर १५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो।’

गहुँ र धानको उत्पादनमा किसानहरुले प्रोत्साहन रकम पाएका हुन्। कतिपय किसानहरुको भने जग्गाधनी पुर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले। उनका अनुसार ९६१ दशमलव ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन्।

कृषि विकास कार्यालय चितवनले ‘बीउबिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए। आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij