२०८३ भाद्र २९ सोमबार

नेपाल लाइफद्वारा १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम, ऐतिहासिक सफलता हासिल

ई आर्थिक    बुधबार, असार ३२ २०८२
3.1K
Shares
नेपाल लाइफद्वारा १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम, ऐतिहासिक सफलता हासिल

ई-आर्थिक, काठमाडौं ।  नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षे इतिहासमा पहिलो पटक १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ। यो ऐतिहासिक उपलब्धिलाई कम्पनीले एउटा “कोसेढुङ्गा”को रुपमा लिएको छ।

यस उपलब्धिको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रविण रमण पराजुलीले एक भिडियो सन्देशमार्फत शुभकामना र धन्यवाद व्यक्त गरेका छन्। आफ्नो सन्देशमा पराजुलीले कम्पनीको यस सफलताको श्रेय सबै सरोकारवालाहरूलाई दिएका छन्।

उनले भने: “नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ वर्षमा हासिल नगरेको उपलब्धि—१० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ। यस उपलब्धिमा मागर्दर्शन दिने सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, संस्थालाई माया गर्ने बीमित महानुभावहरू, अहोरात्र खटिने कर्मचारी साथीहरू, व्यवसाय विस्तारको अग्रपंक्तिमा क्रियाशील अभिकर्ता साथीहरू, नियामक निकाय बीमा प्राधिकरण, शेयरधनीज्यूहरू तथा अन्य सम्पूर्ण सरोकारवालाहरूको योगदानको म अत्यन्त आभारी छु।”

उनले विश्वास व्यक्त गर्दै थपे: “हामीले प्राप्त गरेको यो सफलता अबको दिनमा आधार रेखाको रुपमा हुनेछ। हामीले यो रेखालाई फेरि तोड्नेछौं र आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्नेछौं। कम्पनीले सबै सरोकारवालाको चासो र अपेक्षालाई ध्यानमा राख्दै थप शशक्त र दिगो रुपमा अगाडि बढ्नेछ।”

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ । नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  राजुलीले बताए ।

पराजुलीले भविष्यमा अझ प्रभावकारी ढंगले Stakeholder को भरोसा र विश्वास कायम राख्दै, कम्पनीलाई अझ मजबुत बनाउने दृढता व्यक्त गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि बीमितको हितलाई केन्द्रमा राखेर बीमा सेवा विस्तार गर्दै जाने र नेपाली बीमा बजारमा अग्रणी भूमिका निभाउने प्रतिबद्धता दोहोर्याएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij