२०८३ साउन १२ मंगलबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाबाट ३ अर्ब १९ करोडको बजेट स्वीकृत

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
2.7K
Shares
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाबाट ३ अर्ब १९ करोडको बजेट स्वीकृत

ई-आर्थिक, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ सभाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रूपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।

कुलपति ओलीले बेरुजु फर्छ्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे। कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij