२०८३ साउन १० आइतबार

यस्तो छ कर्णाली प्रदेशको आर्थिक गतिविधी

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
2.8K
Shares
यस्तो छ कर्णाली प्रदेशको आर्थिक गतिविधी

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक कर्णाली प्रदेशमा आर्थिक  वर्ष २०८१/ ८२ मा  आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।

यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिमा ३१.५ प्रतिशत , उद्योगमा ९.६ प्रतिशत तथा  सेवा क्षेत्रमा  ५८.९ प्रतिशत रहने प्रारम्भिक अनुमान केन्द्रीय  बैंकले गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०८०/ ८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने संशोधित अनुमान रहेको छ ।  आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

कृषि क्षेत्र

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै गहुँकोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत, ४.१६ प्रतिशत, ४.८६ प्रतिशत, ११.५२ प्रतिशत र १.३९ प्रतिशतले ह्रास आएको छ भने तरकारी र फलफुल बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ३३.८८ प्रतिशत र ८.१७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दियो  ।

समीक्षा अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०६ प्रतिशतले बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउछ । साथै   समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, गहुँ कोदोर जौको उत्पादन १०.२५ प्रतिशत, १७.३१ प्रतिशत, २२.९२ प्रतिशत, ८.५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादन ४.२४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफुल खेतीको उत्पादन क्रमशः २२.७४ प्रतिशत र ४४.७३ प्रतिशतले बढेको छ ।  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत अवधिको तुलनामा १४.०१ प्रतिशतलेवृद्धि भएको छ ।

उद्योग क्षेत्र

समीक्षा अवधिमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७.९३ प्रतिशत रहेको छ । कागज तथा ककागजका उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७.० प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा औद्योगिक कर्जा गत अवधिको तुलनामा १४.९५ प्रतिशतलेवृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.४१ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।

सेवा क्षेत्र

समीक्षा अवधिमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा ११.०९ प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः १२.८२ प्रतिशत, ३.६९ प्रतिशत र १३.३४ प्रतिशतले वृद्धि भएको
छ ।
समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८४.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४७७ पुगेको छ भने शाखारहित बंैकिङ संख्या २६ कायम भएको छ । समीक्षा अवधिमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।

पूर्वाधार क्षेत्र

आर्थिक वर्ष २ं०८०/ ८१ मा यस प्रदेशमा विद्युत् प्रसारण लाईन २४१६.४७ कि.मि. पुगेको छ भने १७.४१ मेगावाट विद्युत्उत्पादन भएको छ । कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्गर भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाहरुको निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij