२०८३ साउन १२ मंगलबार

सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा राजिनामा घोषणा, भने– ‘कहिले काहिँँ नखाएको बिष पनि लाग्दो रहेछ’

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
2.6K
Shares
सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा राजिनामा घोषणा, भने– ‘कहिले काहिँँ नखाएको बिष पनि लाग्दो रहेछ’

ई–आर्थिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्री पदबाट राजीनाको घोषणा गरेका छन् ।

मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको सामाजिक सञ्जालमा बताएका छन् ।

उनले लेखेका छन्, ‘कहिले काहिँँ नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको बताए ।

उनले लेखेका छन्, ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एक पटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्टाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

उक्त प्रकरण प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए। अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij