२०८३ साउन १२ मंगलबार

मन्जुश्री फाइनान्सद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना

ई आर्थिक    सोमबार, असार ३० २०८२
3.3K
Shares
मन्जुश्री फाइनान्सद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना

ई-आर्थिक, काठमाडौं ।  मन्जुश्री फाइनान्सले लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु गरेको छ |

बुटवल शाखा मार्फत प्रारम्भ गरेको कार्यक्रम, बिरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको हो   |

संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई  रु १ लाख बराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ | मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ |

धरान शाखाले पनि धरानमा अवस्थित श्री पन्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्रीहरु वितरण गरेको छ | साथै फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा नि:शुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।

आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ |

मन्जुश्री ले हालसम्म २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ।  निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

फाइनान्समा हालको मितिसम्ममा  १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट  ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनी हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij