२०८३ साउन ९ शनिबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ‘एनपीएस नेपाल पे’ मा आवद्ध

ई आर्थिक    शुक्रबार, असार २७ २०८२
4.1K
Shares
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ‘एनपीएस नेपाल पे’ मा आवद्ध

ई-आर्थिक, काठमाडौं।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एनसीएचएल बीच एनपीएस नेपाल पे प्रिन्सिपलको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  तोयाराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस – एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम  इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु  एनपीएस नेपाल पे मा आवद्ध भइरहेका छन् ।  पूर्वाधारको कमर्सियल रोलआउट पश्चात गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस र एनसीएसलाई  विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रर्वद्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस र एनसीएसको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी फाइनान्सहरु मध्येको गुहेश्वरी मर्चेन्ट बंैकिङ्ग एण्ड फाइनान्सले देश भरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंक तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij