२०८३ साउन १० आइतबार

रसुवामा निर्माणधीन सुख्खा बन्दरगाहको क्षतिको विवरण आउन बाँकी छ : उद्योगमन्त्री भण्डारी

ई आर्थिक    मंगलबार, असार २४ २०८२
2.9K
Shares
रसुवामा निर्माणधीन सुख्खा बन्दरगाहको क्षतिको विवरण आउन बाँकी छ : उद्योगमन्त्री भण्डारी

ई-आर्थिक, काठमाडौं ।  उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन्।

मन्त्रालयत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पुर्‍याएको बताए।

उनी भन्छन्, ‘उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो, हाल क्षतिग्रस्त छ। चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो।’

कति क्षति भयो भन्ने विवरण अहिलेसम्म नआएको उनकाे भनाइ छ। उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्ने पनि मन्त्री भण्डारी बताउँछन्।

गएराति रसुवामा आएको बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छभने बाढीमा १८ जना बेपत्ता रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij