२०८३ साउन १० आइतबार

‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग कायमै, रास्वपा तथा राप्रपाले गरे संसद बैठक बहिष्कार

ई आर्थिक    सोमबार, असार २३ २०८२
5.7K
Shares
‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग कायमै, रास्वपा तथा राप्रपाले गरे संसद बैठक बहिष्कार

ई-आर्थिक, काठमाडौं । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन्।

निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए।

सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिएका थिए। उनले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्दै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्‌मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए।

‘जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो। ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो। तर यसपटक त्यसै गर्न खोजिएको छ। यो हामीलाई मान्य छैन,’ उनले भने।

सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे।

यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए।

रास्वपा र राप्रपा सांसद आजको बैठकबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij