२०८३ साउन १० आइतबार

बाल अदालत भक्तपुरको वेवसाइट अझै बनेन, सेवाग्राही हैरान

ई आर्थिक    सोमबार, असार २३ २०८२
9K
Shares
बाल अदालत भक्तपुरको वेवसाइट अझै बनेन, सेवाग्राही हैरान

सञ्जिव दुलाल, भक्तपुर ।  बालबालिका सम्बन्धी मुद्दाको सुनुवाइका लागि स्थापना गरिएको बाल अदालत भक्तपुरमा अहिलेसम्म आधिकारिक वेवसाइट निर्माण नहुँदा सेवाग्राही तथा कानुन व्यवसायीहरू हैरान भएका छन्।

बाल अदालत भक्तपुरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका बालबालिकासँग सम्बन्धित मुद्दाहरू दर्ता हुने गरेका छन्। तर वेवसाइटको अभावका कारण पेशी सम्बन्धी जानकारीका लागि सेवाग्राही तथा कानुन व्यवसायीहरू प्रत्यक्ष अदालत जान बाध्य छन्।

भक्तपुर बाहेकका तीन जिल्लाबाट आउने कानुन व्यवसायीहरू वेव पेज नहुँदा समस्या व्यहोर्नुपरेको बताउँछन्। उनीहरूका अनुसार सानो सूचना थाहा पाउनसमेत अदालत धाउनु पर्ने बाध्यता रहेको छ। भक्तपुरका कानुन व्यवसायीहरू समेत अदालतमै पुगेर पेशी हेर्नुपर्ने अवस्था रहेको बताएका छन्।

भक्तपुर बाल अदालतका श्रेष्तेदार दिलसोभा सुवालले वेवपेज निर्माणको काम भइरहेको जानकारी दिँदै छिट्टै सेवा लिन सहज हुने बताइन । “छिट्टै वेवसाइट तयार हुन्छ, त्यसपछि सूचना प्रवाह सहज हुनेछ,” उनले भनिन।

हाल बाल अदालत भक्तपुरमा करिब २५० वटा बालबालिकासम्बन्धी मुद्दाहरू विचाराधीन अवस्थामा छन्। अदालतमा न्यायाधीश उपेन्द्र प्रसाद गौतम एकल ईजलनसबाट मुद्दाको सुनुवाइ भइरहेको छ।

वेवसाइट नहुँदा अदालती कार्यसम्पादनसमेत प्रभावित भएको सेवाग्राहीहरू बताउँछन्। “एउटा मितिमा के-के मुद्दा छन्, कुन पेशी कहिले पर्छ भन्ने जानकारी नहुँदा काममै ढिलाइ भइरहेको छ,” एक सेवाग्राहीले गुनासो गरे।

सरकारले डिजिटल न्याय प्रणालीको अभ्यासलाई तीव्रता दिने घोषणा गरेको भए पनि व्यावहारिक कार्यान्वयनमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij