२०८३ साउन ११ सोमबार

प्रोटोन इमासको थापाथलीमा नयाँ शोरुमको भव्य उद्घाटन

ई आर्थिक    सोमबार, असार २३ २०८२
5.3K
Shares
प्रोटोन इमासको थापाथलीमा नयाँ शोरुमको भव्य उद्घाटन

ई-आर्थिक, काठमाडौं ।  शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता  ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गर्नुभयो ।

‘हामी थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो । यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’

कार्यक्रममा ब्रिजेश श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने, ‘यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो ।’

शोरुम उद्घाटनको विशेष कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास-७, पाँच ग्राहकलाई हस्तान्तरण गरेको थियो ।

यी हस्तान्तरणमध्ये, ब्रान्डकी नयाँ ग्राहक, अभिनेत्री केकी अधिकारीले भनिन्, ‘मैले गाडी चलाउने बित्तिकै मलाई यो गाडी मन पर्यो, मैले यसलाई नेपालमा शंकर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरें ।’ यो कथनले साँच्चै नै प्रोटन इमास चाँडै नै नेपालका इभि पारखी हरूमाझ मनपर्ने र पहिलो रोजाइको ब्राण्ड बन्ने संकेत गरेको छ ।

ब्रान्ड र प्रोटन इमास बारेमा थप जान्नको लागि अब नक्साल वा थापाथलीमा रहेको शोरूमहरूमा जान सक्नुहुन्छ वा हाम्रो वेभसाइट https://proton-nepal.com मा यसको बारेमा थप जानकारी लिन सक्नुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij