ई-आर्थिक, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण वावु लोहनी नियुक्त भएका छन् । कम्पनीको बिहीबार सम्पन्न १५५ औं सञ्चालक समितिको बैठकले लोहनीलाई आगामी चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार लोहनीको नियुक्ति आगामी साउन १८ गतेदेखि लागू हुनेछ।
यससँगै उनी दोस्रो कार्यकालका लागि कम्पनीको प्रमुख कार्यकारी पदमा रहन गइरहेका छन्।