२०८३ साउन १० आइतबार

भियतनामको अर्थतन्त्रमा उल्लेखनीय सुधार, ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि

ई आर्थिक    शनिबार, असार २१ २०८२
5.5K
Shares
भियतनामको अर्थतन्त्रमा उल्लेखनीय सुधार, ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि

हनोइ ।  भियतनामले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गरेको छ। जुन पछिल्ला केही वर्षहरूमा अत्यन्तै उल्लेखनीय मानिएको छ।

देशको केन्द्रीय तथ्यांक कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि दर सबैभन्दा उच्च हो। जसले समग्र आर्थिक स्थायित्व र सुधारको संकेत गर्दछ।

विज्ञप्तिमा भनिएको छ ‘वर्तमान विश्व तथा क्षेत्रीय परिस्थितिहरूमा चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि देशको सामाजिक तथा आर्थिक प्रदर्शन सकारात्मक रहेको छ र निर्धारित लक्ष्यतर्फ उन्मुख देखिन्छ।’

यस अवधिमा दोस्रो त्रैमासिकमा मात्र भियतनामले ७.९६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ। जुन हालका वर्षहरूमा दोस्रो त्रैमासिकको सबैभन्दा उच्चदर हो। सरकारको लक्ष्य यस वर्ष कम्तीमा आठ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्ने रहेको छ।

यसैबीच, भियतनाम र अमेरिकाबीच भएको व्यापार सहमतिपछि अमेरिकी आयात महसुल दर उल्लेखनीय रूपमा घटाइएको छ। प्रस्तावित ४६ प्रतिशत महसुललाई घटाएर न्यूनतम २० प्रतिशतमा झारिएको छ।जसको सट्टा वियतनामले अमेरिकी उत्पादनहरूलाई आफ्नो बजारमा पहुँच दिन सहमति जनाएको हो।

अमेरिकासँग सबैभन्दा धेरै व्यापार नाफा गर्ने मुलुकहरूमध्ये वियतनाम तेस्रो स्थानमा पर्दछ। जसले गर्दा उसमाथि उच्च महसुल लगाउने प्रस्ताव गरिएको थियो। तर, सहमतिको माध्यमबाट समाधान खोजिएको छ। जुन आपसी व्यापार सम्बन्ध सुदृढ गर्नेतर्फ सकारात्मक कदमको रूपमा लिइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij