ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज सुन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो ।
बजारमा सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
साथै बजारमा चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला दुई हजार १५५ रूपैयाँमा किनबेच भइरहेको महासंघले बतायो । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।