२०८३ साउन १० आइतबार

अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका क्षेत्र जलमग्न

ई आर्थिक    सोमबार, असार १६ २०८२
2.5K
Shares
अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका क्षेत्र जलमग्न

ई-आर्थिक, कैलाली । गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्। मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका हुन्।

त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन्। भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न समस्या भएको छ। अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सृजना हुने गरेको छ।

पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका वस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ। ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि वस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताउँछन्।

पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाको भनाइ छ। धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij