२०८३ साउन १० आइतबार

धान रोपाईमा राष्ट्रपति पौडेल पनि सहभागी, परिवार र नेपाली सेनाको साथ

ई आर्थिक    आइतबार, असार १५ २०८२
4.3K
Shares
धान रोपाईमा राष्ट्रपति पौडेल पनि सहभागी, परिवार र नेपाली सेनाको साथ

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।

शीतल निवास परिसरमा आयोजित रोपाइँमा राष्ट्रपति पौडेल सहभागी भएका हुन् ।

उनीसँगै रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए ।

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए। उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए ।

रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij