ई-आर्थिक, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको भएको राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यले बताए ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकमार्फत नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।
२०८१ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। परीक्षा चैत्र ७ गतेबाट सञ्चालन भएको थियो ।
यसरी हेर्न सकिन्छ परीक्षा नतिजा
