२०८३ साउन १० आइतबार

सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पायो

ई आर्थिक    आइतबार, असार ८ २०८२
3K
Shares
सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पायो

ई-आर्थिक, काठमाडौं ।  सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो।

२५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री (प्राइभेट प्लेसमेन्ट) गर्ने भएको छ।

सिद्धार्थले वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र जारी गर्न लागेको हो।

यस ऋणपत्रको अवधी १० वर्ष रहनेछ। ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ। सिद्धार्थ बैंकको यसै वर्ष एउटा ऋणपत्र परिपक्व हुँदैछ भने आगामी दुई वर्षमा तीन वर्ष ऋणपत्र परिपक्व हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij