२०८३ साउन ११ सोमबार

बैंकिङ कसुरको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी जारी

ई आर्थिक    आइतबार, असार ८ २०८२
3K
Shares
बैंकिङ कसुरको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी जारी

ई-आर्थिक, काठमाडौं । बैंकिङ कसुरको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गत जेठ १६ गते  जिल्ला अदालत पर्साले उनलाई विरुद्ध पक्राउ आदेश जारी गरेपछि पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्र लेखी रायमाझीलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको हो ।

प्रहरीको पक्राउ पुर्जी भने आइतबार मात्रै सार्वजनिक भएको हो । सुमन हालसम्म फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सासद शर्माविरुद्ध उनकै पार्टीकी  नेतृ आशाकुमारी चौहानले उजुरी दिएकी हुन् ।

सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् भने रकम फिर्ता गर्न विभिन्न चेकहरु  दिएकोमा सबै चेक बाउन्स भएपछि आशाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी हुन्  । उनलाई चेक अनादर र आधा बैङ्किङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ ।

उनी जनमत पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij