२०८३ साउन ११ सोमबार

ठूलो संख्यामा सवारी आवगमन हुने बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

ई आर्थिक    शनिबार, असार ७ २०८२
4.5K
Shares
ठूलो संख्यामा सवारी आवगमन हुने बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

ई–आर्थिक, काठमाडौं । ठूलो संख्यामा सवारी आवगमन हुने बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाइएको छ । सिन्धुली जिल्ला प्रशासनले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै, आजदेखि १५ दिनका लागि यो निर्णय लागु गरिएको हो ।

यात्रु र सवारीको सुरक्षाका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार बीपीराजमार्गको सिन्धुली, खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

हाल देशैभरि मनसुन सक्रिय रहेकाले वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो जस्ता विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारीको सुरक्षाका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

शुक्रबार बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको निष्कर्षको आधारमा यो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij