२०८३ भाद्र २९ सोमबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, असार ६ २०८२
3.9K
Shares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । केहीदिनदेखि उकालो लागिरहेको सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले घटेको हो  ।

बजारमा एतिहासिक रेकर्ड बनाएको चाँदीको मूल्यमा पनि तोलमा ५० रुपैयाँले घटेको हो ।

कारोबारको आज अन्तिमदिन सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो।

बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij