२०८३ साउन १० आइतबार

‘कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउदै, जसरी पनि पुल निर्माण हुन्छ’

ई आर्थिक    बिहिबार, असार ५ २०८२
5.3K
Shares
‘कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउदै, जसरी पनि पुल निर्माण हुन्छ’

ई-आर्थिक, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उनले कमला नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने बताए। मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको जिम्मेवारी पाएको कम्पनी लुम्बिनी बिल्डर्ससँँगको ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भएको उनले उल्लेख गरे।

‘समयमै निर्माण सम्पन्न भएन, अब नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन्छौँ’, उनले भने, ‘अब नयाँ मूल्यांकन गरेर जसरी पनि पुल निर्माण हुन्छ, फास्ट ट्रयाकबाट अघि बढ्छौँ।’

निर्माण कम्पनी र बिमा कम्पनीबीचको अदालती प्रक्रिया लम्बिएपछि काम ठप्प भएको अवस्था छ। ‘यो पुल बनाउन अब तीन गुणा बढी रकम लाग्न सक्छ। पुल निर्माणका लागि हामीले अन्तिम पटक अनुरोध गर्‍यौँ’, उनले भने, ‘निर्माण नगरेको अवस्थामा कम्पनीसँग ठेक्का तोड्दै कारबाही गर्दै कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ।’

साथै, महाकाली नदीमा तीन वर्षभित्र पुल निर्माण गर्ने गरी २०७४ सालमा सम्झौता भए पनि हालसम्म काम हुन सकेको छैन। उक्त पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग सम्झौता तोड्ने निर्णय भएको समेत उनले उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij