२०८३ साउन ११ सोमबार

त्रिभुवन विमानस्थलबाट १ किलो १ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

ई आर्थिक    बुधबार, असार ४ २०८२
2.5K
Shares
त्रिभुवन विमानस्थलबाट १ किलो १ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

ई-आर्थिक, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया  मीना सुरजित सिंह खेमान मंगलबार राति पक्राउ परेकी छिन् ।

एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij