२०८३ साउन ११ सोमबार

वर्षापछिको बाढीपहिरोका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

ई आर्थिक    मंगलबार, असार ३ २०८२
5.2K
Shares
वर्षापछिको बाढीपहिरोका कारण  विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध, सडक खुलाउने प्रयास जारी

ई-आर्थिक, काठमाडौं ।  वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ।

यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ।

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला-मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका-५ को रवि-राके-भेडेटार सडक एकतर्फी खुलाइएको छ।

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij