२०८३ साउन ११ सोमबार

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध, सवारीसाधनबीच बाटोमै अलपत्र

ई आर्थिक    सोमबार, असार २ २०८२
3.1K
Shares
पहिरोले  कालीगण्डकी करिडोर सडक अवरुद्ध, सवारीसाधनबीच बाटोमै अलपत्र

ई-आर्थिक, गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन्। रासस

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij