२०८३ साउन १० आइतबार

व्यावसायिक मौरीपालनमा आकर्षित गर्न किसानलाई मौरीसहितका १०० घार वितरण

ई आर्थिक    सोमबार, असार २ २०८२
4.9K
Shares
व्यावसायिक मौरीपालनमा आकर्षित गर्न किसानलाई मौरीसहितका १०० घार वितरण

ई-आर्थिक, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ। किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले वडा नं ७ ताकममा ४७ वटा र वडा नं ५ मल्कवाङमा आठवटा मौरीघार वितरण गरिसकेको जानकारी दिए। साथै वडा नं २ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ मुदीमा थप ४५ वटा वितरणको तयारी गरेको उनको भनाइ छ।

धवलागिरि गाउँपालिका-७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकलाई एक/एक वटाका दरले मौरीघार वितरण गरिएको छ। ढुवानीसहित प्रतिमौरीघार नौ हजार रूपैयाँका दरले खरिद भएको थियो। जसमा किसानले चार हजार ५ सय रूपैयाँ खर्च गरेका छन्। अहिले मौरी वितरण भएकोमध्य उपयुक्त स्थान छनोट गरेर मौरीपालन पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

मौरी पकेट क्षेत्रमा आहराका लागि तोरीखेती गर्न किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ। उच्च पहाडी र प्रशस्त वनजंगल भएकाले धवलागिरिमा मौरीपालनको सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ। प्रशस्त भिरमह पाइने यहाँ व्यावसायिकरुपमा घरमौरी पालनको विकास हुन सकेको छैन।

सार्वजनिक सूचना जारी गरेर इच्छुक कृषकहरुबाट आवेदन संकलन र वडा कार्यालयको सिफारिसका आधारमा मौरीघार वितरण गरिएको हो। मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij