२०८३ साउन ११ सोमबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान ‘एमडीआरटी २०२६’ का लागि छनाेट

ई आर्थिक    सोमबार, असार २ २०८२
4.1K
Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान ‘एमडीआरटी २०२६’ का लागि छनाेट

ई-आर्थिक, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनाेट भएका छन्।

यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन् ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT 2026 का लागि याेग्य बनेका छन् ।  आर्यन खानले गत वर्ष (२०२५) मा विश्वप्रसिद्ध MDRT संस्थाको माथिल्लो तह COT (Court of the Table) सम्म याेग्य भइसक्नु भएकाे थियाे ।

MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।

“यो सफलता मेरो मात्र होइन – यो मेरो ग्राहकहरू(बीमितहरू), मेरो टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पॉेलिसीसँगै हामी केवल बीमा मात्र गर्दै छैनौं, भविष्य बनाउँदैछौं।”

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक सफलतामा सधै साथ रहने र हाैसला प्रदान गर्ने जनाएकाे छ ।

गत वर्ष 2025 मा COT (Court of the Table) हासिल गरिसक्नु भएका खानलाई अब उहाँको लक्ष्य TOT (Top Of The Table) प्राप्त गर्नु रहेको छ, जसतर्फ उहाँ दृढ आत्मविश्वासका साथ अग्रसर हुनुहुन्छ। आर्यन खान आजको पुस्ताका लागि मात्र होइन, भविष्यका बीमा व्यवसायीहरूका लागि पनि एक प्रेरणाका स्रोत एवं उदहारणीय ब्यक्ति बन्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij