२०८३ साउन १० आइतबार

भिजिट भिसा प्रकरणमा विपक्षीदलको नाराबाजी कायमै, उच्चस्तरीय छानबिन समिति बनाउन माग

ई आर्थिक    आइतबार, असार १ २०८२
4.8K
Shares
भिजिट भिसा प्रकरणमा विपक्षीदलको नाराबाजी कायमै, उच्चस्तरीय छानबिन समिति बनाउन माग

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गरेका छन्। बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका हुन्।

‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij