ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धी भएको छ । आज कारोबारको पहिलो दिन सुन तोलामा प्रतितोला ४ सयले बढेको हो ।
बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार प्रतितोला एक लाख ९७ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने आइतबार स्थिर रहेको छ। चाँदी आज प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बतायो ।