२०८३ साउन ११ सोमबार

२४२ यात्रु सवार एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

ई आर्थिक    बिहिबार, जेष्ठ २९ २०८२
3K
Shares
२४२ यात्रु सवार एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

ई-आर्थिक, काठमाडौं । भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेकाे छ । बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ ७३७ जहाज गुजरातको राजधानी अहमदावाद नजिकैको मेघानीनगरमा विहिबार दिउंसो दुर्घटना भएको हो ।

विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेकाे हो भारतीय सञ्चार माध्यमले जनाएका छन्  ।

भारतीय सञ्चार माध्यम ‘ दि टाइम्स अफ इन्डियाका’ अनुसार उक्त विमानमा जम्मा २४२ जना रहेका थिए । २३० हवाइ यात्री  २ जना पाइलट तथा  १० जना चालक दलका सदस्य रहेका थिए । 

दुर्घटनाको कारण भने अझै पुष्टि भएकाे छैन । दुर्घटनामा जहाजको अधिकांश हिस्सा जलेकोले त्यसमा सवार सबैको यात्रु तथा चालकदलका सदस्यहरुको  मृत्यु भएको आशंका गरिएको छ ।

जहाज दुर्घटना भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ। साथै, कालो धुवाँ टाढाबाटै देख्न सकिन्छ । अहिले त्यहाँ उद्धारको कार्य जारी छ । अग्नी नियन्त्रकहरुले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij