२०८३ साउन १० आइतबार

गुणस्तरहीन सामान बिक्री गर्ने ४७ व्यापारीविरुद्ध मुद्दा दायर

ई आर्थिक    बिहिबार, जेष्ठ २९ २०८२
3.7K
Shares
गुणस्तरहीन सामान बिक्री गर्ने ४७ व्यापारीविरुद्ध मुद्दा दायर

ई-आर्थिक, बागमती ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ४७ जना व्यवसायीविरुद्ध दायर गरेको हो।

कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा तीनजना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो।

उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो।

अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए।

आव २०८१/८२ मा सो कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नवीकरण ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐनबमोजिम खाद्य तथा दाना नमूना संकलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ संकलन गरी नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए।

नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहाई नियामनुसार कानूनी प्रक्रियाअघि बढाउने, पुनःजाँच गराइ मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराइ प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ।

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका लगायतका अखाद्य भएका ११ लाख ३३ हजार रूपैयाँ मूल्य बराबरको वस्तुहरु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ।

होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा, चितवनलगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij