२०८३ साउन १० आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
2.9K
Shares
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

ई-आर्थिक, काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij