ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बजारमा सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य एतिहासिक रेकर्ड राख्दै हालसम्मकै उच्च भएको छ । चाँदीको तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।