२०८३ साउन १० आइतबार

अदालतबाट माधव नेपाललाई न्याय पाउँछन्, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ : प्रचण्ड

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०८२
3.1K
Shares
अदालतबाट माधव नेपाललाई न्याय पाउँछन्, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ : प्रचण्ड

ई-आर्थिक, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलको आजको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय पनि प्रतिपक्षी दलको बैठकले गरेको जानकारी दिए।

संसदीय छानबिन समिति या पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नेता दाहालले बताए। पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित लागेको उनको भनाइ छ।

‘अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij