२०८३ साउन १० आइतबार

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बनमा, गुरागाँइले गरे कारवाही

ई आर्थिक    मंगलबार, जेष्ठ २० २०८२
3.9K
Shares
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बनमा, गुरागाँइले गरे कारवाही

ई-आर्थिक, काठमाडौं । काठमाडौं  महानगरका नगर प्रहरी प्रमुख  वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकिय अधिकृत गुरागाँइले  जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।  पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए।

उनको जवाफ चित्तबुझ्दो  नभएकाले पाण्डेलाई निलम्बन गरिएको हो ।

नगर प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेसंगै  काठमाडौं महानगरपालिकाको निमित्त नगर प्रहरी प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij