२०८३ साउन १० आइतबार

१५ लाखमा सुविधासम्पन्न धर्मधाला निर्माण, पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास

ई आर्थिक    मंगलबार, जेष्ठ २० २०८२
2.6K
Shares
१५ लाखमा सुविधासम्पन्न धर्मधाला निर्माण, पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास

ई-आर्थिक, जुम्ला । तातोपानी गाउँपालिका-४ फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधासम्पन्न धर्मधाला निर्माण गरिएको छ। गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो।

तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रूपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको हो।

धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ। गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ। गिडिदहको लम्बाइ एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराइ ४२ दशमलव ८ मिटर रहेको छ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो।

धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij