२०८३ साउन १० आइतबार

सरकार र यातायात व्यवसायीबीच दोस्रो वार्ता सुरु

ई आर्थिक    सोमबार, जेष्ठ १९ २०८२
5.1K
Shares
सरकार र यातायात व्यवसायीबीच दोस्रो वार्ता सुरु

ई-आर्थिक, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दोस्रो वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियाे। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए।

जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ। उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन्। यात्रुहरु यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बरिसहेका थिए। यातायात व्यवसायीले पनि ९ सदस्यीय वार्ता टोली गठन गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न ९ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए।

पन्ध्र जना पक्राउ

यसैबीच आज यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।

उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनकाे भनाइ छ। यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij