२०८३ साउन १० आइतबार

‘बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको छ’

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०८२
2.6K
Shares
‘बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको छ’

ई-आर्थिक, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाले हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।

‘कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ’, उनले भने। सामान्यभन्दा बढी पानी पर्ने अनुमान यस वर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागिरेहको उनको भनाइ थियो।

उनले मौसम पूर्वसूचना प्रणालीका बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए। जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए। बजेटको बीचमा विधेयक ल्याउन सकिए ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij