२०८३ साउन १० आइतबार

राइड सेयरिङ र सेल्फ ड्राइभ’ कानुनी स्वीकृत विरुद्ध उत्रिए यातायात व्यवसायी, यातायात बन्दहुँदा सर्वसाधारण मारमा

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०८२
5.8K
Shares
राइड सेयरिङ र सेल्फ ड्राइभ’ कानुनी स्वीकृत विरुद्ध उत्रिए यातायात व्यवसायी,  यातायात बन्दहुँदा सर्वसाधारण मारमा

ई-आर्थिक, गण्डकी ।   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले  गण्डकी प्रदेशमा  सार्वजनिक यातायात सेवा बन्द गरकेा छन् । गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने विषयमा व्यवसायीले विरोध जनाएका छन्

गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीले उक्त नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् ।

सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरुको आन्दोलनका कारण आज बिहानैदेखि आज गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताए।

उनले आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij