२०८३ साउन ११ सोमबार

सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्न पर्यटन महोत्सवको आयोजना

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
3.7K
Shares
सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्न पर्यटन महोत्सवको आयोजना

ई-आर्थिक, ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव सुरु भएको छ। समुद्री सतहबाट तीन हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्णको रमणीयस्थल हो।

धार्मिक महत्वका साथै पर्यटन विकासको पनि प्रचुर सम्भावना रहेकाले यो क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। महोत्सवमार्फत ढुङ्ढुंगे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुंगा जस्ता गाउँपालिकाभित्रका अन्य पर्यटकीयस्थलको पनि प्रचारप्रसार गरिनेछ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम कञ्चनजंघा पदमार्गको मुख्य प्रवेशद्वार भएतापनि पर्याप्त प्रचारप्रसार नहुँदा यो स्थल उपेक्षित रहेको बताए। महोत्सवका माध्यमबाट यस क्षेत्रमा स्थानीय र बाह्य पर्यटकको आगमन बढाउने विश्वास रहेकाे उनकाे भनाइ छ।

महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, नौमती बाजा, च्याब्रुङ नाचसहितका सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्।

महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। मेलास्थलबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी तथा भारतका सिक्किम र दार्जिलिङको दृश्यावलोकन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij